विमानस्थल परिसरबाट २०८४ मङ्सिरभित्र हवाई इन्धन डिपो स्थानान्तरण गरिने
काठमाडौँ । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट हवाई इन्धन डिपो २०८४ मङ्सिरभित्र स्थानान्तरण गर्ने भएको छ । सिनामंगल डिपोका प्रमुख यादवले २०८४ मङ्सिरभित्र स्थानान्तरण गर्ने बताए ।
जसका लागि विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयारका लागि नेपाल आयल निगम सिनामंगल र पुल्चोक इन्जिनियरिङ संस्थानबिच दुई पक्षीय सम्झौता भएको छ । सम्झौतामा सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादव र संस्थानका सहप्राध्यापक नारायण गौतमले हस्ताक्षर गरेका छन् ।
डीपीआर तयार गर्नका लागि १ करोड ९८ लाख रकम बराबर लागत लाग्ने प्रमुख यादवले बताए । इन्धन डिपो स्थानान्तरणको विषय विगत केही वर्षदेखि उठ्दै आएको थियो। सरकारले पनि स्थानान्तरणको काम अगाडि बढाउने निर्णयसमेत गरेको थियो। गत साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक वर्षभित्र डिपो स्थानान्तरणका लागि काम अगाडि बढाउने सहमति दिँदै निर्देशन दिएको थियो ।
सोहीअनुसार आयल निगमले विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण गर्दै आधुनिक र सुविधा सम्पन्न बनाएर आइकाओको मापदण्डअनुसार निर्माण गर्न डीपीआर तयार पार्न पुल्चोक इन्जिनियरिङ संस्थानलाई जिम्मा दिएको छ ।
अहिले विमानस्थलको डिपो रनवे तथा समानान्तर ट्याक्सी–वेबाट ९० मिटरकै दुरीमा छ । आइकाओको मापदण्डअनुसार १ सय ७२ दशमलव ५ मिटर हुनुपर्ने भनेको छ । सोहीअनुसार डिपो स्थानान्तरणका लागि काम सुरु भएको छ । सोही अनुसारको डीपीआर तयार गरिने र डीपीआरअनुसार नै डिपो स्थानान्तरण हुने आयल निगमले जनाएको छ ।
विमानस्थलमा रहेको डिपोको क्षमता अहिले १५ दिनको माग थेग्ने रहेको छ । यसलाई समेत विस्तार गर्ने निगमले जनाएको छ। अहिलेको डिपोको पूर्वाधार पुरानोसमेत भइसकेको छ ।
आधुनिक प्रविधिअनुसार चल्न पनि डिपोको पूर्वाधार अत्याधुनिक बनाउने गरी अध्ययन हुने निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण