सभामुख घिमिरे कम्वोडिया जाँदै
बुधबार, ०५ मङ्सिर २०८१, १६ : ५९

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे मङ्सिर ७ गत कम्वोडिया जाने भएका छन् । ‘इन्टरनेसनल पार्लामेन्ट फर टोलोरेन्स एन्ड पिस (आइपीटीपी) को आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे कम्वोडिया जान लागेको उनको सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
‘कम्वोडियाले आयोजना गर्न लागेको आइपीटीपी कार्यक्रम अन्तर्गत सम्माननीज्यू जान लाग्नुभएको हो‚’ अधिकारीले भने । अधिकारीका अनुसार सभामुख घिमिरे कार्यक्रममा सहभागी भएर मङ्सिर ११ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
यस्तै सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले पनि घिमिरे कम्वोडिया जान लागेको पुष्टि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद
-
सर्लाहीमा साढे ४२ लाखको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा
-
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल
-
जाइका नेपाल प्रमुखको टोलीद्वारा तनहुँ जलविद्युत आयोजना निरीक्षण
-
सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
-
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि गणतन्त्रले राखेको अभीष्ट हो : राष्ट्रपति पौडेल