अन्डर वर्ल्डको एजेन्ट हुँ भनेर धम्की दिएको आरोपमा चिकित्सक पक्राउ
काठमाडौँ । सामाजिक सञ्जाल ह्वाट्स एप मार्फत धम्की दिएर रकम मागेको आरोपमा प्रहरीले ललितपुरको ग्वार्कोबाट एकजना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका–११ घर भएर ललितपुर बस्ने डा. आशिष दाहाल छन् ।
३२ वर्षीय दाहालले १९ जनालाई अन्डरवल्र्डको एजेन्ट हुँ भनेर रकम मागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । ५० हजार देखी २ लाखसम्म मागेर ह्वाट्स एपमा म्यासेज पठाउने दाहालले रकम नदिएमा ‘कन्ट्याक्ट किलर प्रयोग गरेर ज्यान मार्छु’ भनेर धम्की दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
केही समय अमेरिका बसेर फर्केका दाहालले क्लिनिक खोल्न भनेर विज्ञापन गरेको र त्यसबेला संकलन गरेको नागरिकता दुरुपयोग गरेर सिमकार्ड निकालेको भेटिएको छ । सो सिम मार्फत उनले अन्य चिकित्सक र व्यापार गर्नेहरुलाई धम्की दिएका हुन् ।
४० लाख जुवामा हारेपछि सो रकम असुल गर्न धम्की दिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । उनी ललितपुरको एक प्राइभेट क्लिनिकमा कार्यरत थिए । आरोपीले रकम असुलेको अहिलेसम्म भेटिएको छैन । त्यसबारे अनुसन्धान भइरहेको एसएसपी भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण