परिश्चम अमेरिकामा शक्तिशाली ‘बम’ आँधीको ताण्डव, ६ लाख मानिस विजुलीविहीन
बुधबार, ०५ मङ्सिर २०८१, २३ : ३६
एजेन्सी । ‘बम’ आँधीले पश्चिमी अमेरिकालाई प्रभावित बनाएको छ । उक्त शक्तिशाली आँधीले झम्टाइले एक जनाको मृत्यु भएको छ भने ६ लाख मानिस विजुलीविहीन भएका छन् । वासिङ्टनमा रुख ढलेर एक महिलाको मृत्यु भएको हो । आँधीले रुख र बिजुलीका पोल ढालेपछि करिब ६ लाख मानिस अन्धकारमा परेका बताइएको छ ।
बुधबार ओरेगन, वाशिंगटन र क्यालिफोर्नियामा ८० किलोमिटर प्रतिघण्टा (५० माइल प्रतिघण्टा)को गतिमा बम आँधीले अधिक वर्षा एवं हुरी ल्याएको थियो । उक्त तीब्र गतिको हावाहुरी र अधिक वर्षा शुक्रबारसम्म जारी रहने अनुमान गरिएको छ । त्यहाँको राष्ट्रिय मौसम सेवाले यो हप्ताको अन्त्यसम्म ज्यानै लिने खालको वर्षा, बाढी र तीब्र हावा तथा उच्च भू-भागमा हिमपातको अनुमान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण