श्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पक्राउ
बिहीबार, ०६ मङ्सिर २०८१, ०९ : ४९
रौतहट । रौतहटको सदरमुकाम गौरस्थित राईस मिलको बाटोबाट प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई पक्राउ गरेको छ।
चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका १ का वर्ष ५४ को वीरेन्द्र कुमार जयसवालले लुकाई छिपाई राखेको ५ सय दरको नेपाली नोट २०० थान र १हजार दरको नेपाली नोट ५ सय थान गरी कुल ६ लाख नेपाली रुपैयाँ, १ थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए।
बरामद रकमको श्रोत खुलाउन नसकेकोले रकमसहित पक्राउ परेका जयसवाललाई रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण