टेक्सास राज्यले आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने
बिहीबार, ०६ मङ्सिर २०८१, १० : ४६
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाको टेक्सास राज्यका अधिकारीहरूले अवैध आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने बताएका छन् ।
अमेरिका–मेक्सिको सिमानामा अवैध आप्रवासीहरुलाई शिविर बनाउन करिब १ हजार ४०० एकड जमिन दिने प्रस्ताव उनीहरूले गरेका छन् ।
‘अमेरिकाको इतिहासका हिंस्रक अपराधीहरूलाई देशबाट बाहिर निकाल्न, उनीहरूमाथि अभियोग चलाउन वा हिरासतमा राख्न यस भूमिमा क्याम्प बनाउन सकिन्छ ।’
टेक्सासको ल्यान्ड डिपार्टमेन्टका एक अधिकारीको पत्रमा भनिएको छ । जनवरी २० मा ट्रम्पले दोस्रो पटक अमेरिकी राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नेछन् । अवैध आप्रवासीलाई लिएर कडा नीति अपनाउने कुरा ट्रम्पले यसअघि नै बारम्बार गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण