ओभरलोड बिरुद्ध बागमती ट्राफिक निर्मम, एउटै गाडीलाई ५४ हजारसम्म जरिवाना
काठमाडौँ । क्षमता भन्दा धेरै सामान बोक्ने मालवाहक ट्रकहरूमाथि बागमती ट्राफिकले कडा कारबाही थालेको छ । नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट काठमाडौँतर्फ आउने मालवाहक सवारीलाई ट्राफिक प्रहरीले ५४ हजार रुपैयाँसम्म जरिवाना गरेको छ ।
ओभरलोड बोक्ने सवारीविरुद्ध निर्मम भएर कारबाही थालिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘चितवनको आँपटारी र धादिङको नौबिसेमा तौलपुल छ त्यहाँ तौल लिँदा भार धेरै बोकेको भेटिए कारबाही गर्छौँ ।’
पछिल्लो साता राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले दुई वटा ट्रकलाई ठुलो परिमाणमा जरिवाना गरेको छ । एउटा गाडीलाई ४३ हजार र अर्कोलाई ५४ हजार ४ सय जरिवाना गरिएको एसपी सुवेदीले जानकारी दिए ।
ओभरलोडका कारण धेरै दुर्घटना हुने र त्यसबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न ओभरलोड विरुद्ध अभियान सुरु गरिएको एसपी सुवेदीले जानकारी दिए । उनले भने, ‘मालवाहक मात्र नभएर यात्रुवाहक सवारीलाई पनि ओभरलोड अवस्थामा भेटिए कारबाही गर्न मातहतका सबै जिल्लामा भनिएको छ ।’
सड्क पूर्वाधार कमजोर भएको अवस्थामा ओभरलोड सामान बोकेको सवारीसाधन ब्रेक नलाग्ने, घुम्तीमा गाडी सजिलै नमोडिने र दुर्घटनाको जोखिम अत्यधिक हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण