कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै
बिहीबार, ०६ मङ्सिर २०८१, १७ : ४८
काठमाडौँ । नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही मङ्सिर ७ गते उक्त छलफल कार्यक्रम गर्न लागेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका सङ्घ संस्थाका पदाधिकारी लगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण