सांसद शर्मा र जापानका हाउस अफ काउन्सिलर्सका सदस्यबिच भेटघाट
काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिलर्सका सदस्य सांसद कुबोटा तेत्सुयासँग भेटघाट गरेका छन् । जापानको टोकियोमा रहेको हाउस अफ काउन्सिलरमा सांसद शर्मा र जापानी सांसद कुबोटाबिच भेटघाट भएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएन)का नेता तथा कांग्रेसका नेता चिरन्जीवी थापाको पहलमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध परापूर्वकालदेखि नै चल्दै आएको र त्यो जनस्तरसम्म पुगेको भन्दै दुई देशको सम्बन्धलाई अझै दिगो र प्रगाढ बनाउन दुवै देशका सांसदहरुले भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
सांसद शर्माले जापानले नेपालको विकासमा ठुलो सहयोग गरेको बताउँदै जापान नेपालको ठुलो विकास साझेदार देश रहेकोले उक्त सहयोगलाई निरन्तर जारी राख्न जापानी सांसद कुबोटासँग आग्रह गरेका थिए ।
दुई सांसदबिचको भेटमा सांसद कुबोटालाई शर्माले बुद्धको देश नेपालमा स्वागत गर्न आफू आतुर रहेको बताए ।
भेटमा मोरंगको मिक्लाजुङ्ग गाउँपालिका अध्यक्ष बबि कुमार राई, नेपाली जनसम्पर्क समितिका सहमहामन्त्री तथा व्यवसायी जीवन खड्का लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण