माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
कास्की । कास्कीको माछापुछ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मूल नाराका साथ माछापुछ्रे गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता मङ्सिर ८ गतेसम्म चल्नेछ ।
लाहाचोकस्थित महेन्द्र माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि खेलको विशेष महत्व हुने बताए ।
खेलका माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुँदा खेलकुदलाई हरेक क्षेत्रले प्राथमिकतामा राख्नुपर्ने उनले बताए । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेल क्षेत्रमा गुणात्मक प्रगति गर्नका लागि गाउँपालिकाले आगामी दिनमा अझै रचनात्मक कार्यक्रमलाई अघि बढाउने विश्वास व्यक्त गरिन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले गत वर्ष जस्तो यस वर्ष सङ्घीय सरकारबाट सहयोग प्राप्त नभए तापनि खेलकुदलाई प्राथमिकतामा राखेर पालिकाको आर्थिक लगानीमा यस प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।
माछापुछ्रे गाउँपालिका–२ का अध्यक्ष एवं प्रवक्ता गणेश आचार्य, वडा नं ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रीलगायतले खेलकुदले व्यक्तिगत एवं सामाजिक रुपमा पार्ने प्रभावलगायत विषयमा आआफ्ना धारणा राखे । प्रतियोगिताअन्तर्गतका मार्चपास, विभिन्न दूरीका दौड, लङजम्प, नृत्यलगायत केही खेल आज सम्पन्न भएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण