अडानीमाथि लागेको आरोपबारे ह्वाइट हाउसले के भन्यो ?
शुक्रबार, ०७ मङ्सिर २०८१, १० : ५०
वासिङटन डीसी । भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीविरुद्ध अमेरिकी न्याय मन्त्रालयले घुस दिएको र ठगीसम्बन्धी मुद्दा दायर गरेको छ । अदानी र उनका सात सहयोगीविरुद्ध न्युयोर्कको अदालतमा आरोपपत्र दायर गरिएको छ ।
अब यस विषयमा ह्वाइट हाउसको बयान आएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन–पियरेले भनेका छन्– ‘हामीहरू यी आरोपबारे सचेत छौं । अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) र न्याय मन्त्रालय (डीओजी)ले मात्र यी आरोपहरूबारे थप जानकारी दिन सक्नेछन् ।’
गौतम अडानीमाथि लागेको आरोपका कारण दुई देशबीचको सम्बन्धमा हानि पुग्छ कि भनेर पनि प्रवक्तालाई सोधिएको थियो । यसको जवाफमा उनले भारत र अमेरिकाबिचको सम्बन्ध निकै बलियो आधारमा टिकेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण