काठमाडौँका ३ स्थानमा प्रदर्शन : एसएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँका ३ ठाउँमा प्रदर्शनको आयोजना गरिएको छ । नेकपा (एमाले)ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा कार्यक्रम गर्दै छन्।
प्रदर्शन स्थल र भेला जम्मा भएर प्रदर्शनकारी हिँड्ने रुटमा सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनको क्रममा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न ४ हजार भन्दा धेरै प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले रातोपाटीलाई बताए ।
सुरक्षाको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले गर्ने भएका छन् । घिमिरेले भने, ‘काठमाडौँको एसएसपीको कमान्डमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ ।’
प्रदर्शन स्थलको सुरक्षामा तालिमप्राप्त कुकुर र सादा पोसाकमा प्रहरी कर्मचारी पनि परिचालन गरिएको छ । सुरक्षामा खटिने जनशक्तिलाई उपत्यका प्रहरी कार्यालयले ब्रिफिङ गरेको छ ।
प्रदर्शन अवधिभर काठमाडौँ उपत्यकाभित्र हिँडडुल गर्ने भीआईपीहरुलाई समन्वय गरेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । उच्च पदस्थहरूलाई आवश्यकता अनुसार मात्रै हिँड्न र समन्वय गर्न भनिएको एसएसपी घिमिरेले बताए । उनले भने, ‘उपत्यका प्रहरी कार्यालयसँग समन्वय गरेर रुट लिएर मात्र यात्रा गर्न आग्रह छौँ ।’
यसअघि आफूखुसी हिँड्दा तत्कालीन मन्त्री प्रकाश ज्वालामाथि बालकुमारीमा आक्रमण प्रयास भएको थियो । प्रदर्शनकारीले ज्वाला चढेको गाडी जलाएपछि गोली चलाउँदा मानवीय क्षति भएको थियो । त्यस्तो घटना हुन नदिन प्रदर्शन आसपासको क्षेत्रमा जान उच्च पदस्थहरुलाई कडाइ गरिएको प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए