निता ढुंगानाले निर्माण गरेको फिल्मले अहिलेसम्म कति कमायो ?
काठमाडौँ । फिल्म ‘ह्रस्वदीर्घ’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । अभिनेत्री निता ढुंगानाले निर्माण गरेको फिल्म ५ करोड बढी लागतमा निर्माण भएको हो ।
यस्तै फिल्मको अहिलेसम्मको व्यवसाय पनि ५ करोडभन्दा बढी रहेको बताइएको छ । यसैबीच निताले फिल्मको लगानी पूर्णरुपमा सुरक्षित भइसकेको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा फेसबुकमा एक पोष्ट गर्दै फिल्म भारतमा ओटीटी प्लेटफर्ममा बिक्री गरिएको र आफू पूर्णरुपमा सुरक्षित रहेको बताएकी हुन् ।
‘नेपालको हाइप र नेपाली दर्शकले दिएको प्रतिक्रियालाई लिएर भारतमा हामीले ओटिटी प्लेटफर्ममा फिल्म बेचिसकेको छौँ र केही समय पछाडि भारतमा पनि हामीले थ्रेटर रिलिज गर्नेछौं । ओभरसिसको पनि प्लानिङ भइसकेको छ । केही समय केही ठाउँमा हामीले बक्स अफिस गर्दैछौँ भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ’, उनले लेखेकी छन् ‘पूर्ण रूपले हामी सेभ भइसकेको छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण