प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन : गणेश कार्की
शुक्रबार, ०७ मङ्सिर २०८१, ११ : ५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले प्रधानमन्त्री आफैँले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म हुन नसक्ने टिप्पणी गरेका छन् । कार्कीले एमालेले दरबारमार्गमा शुक्रवार गर्न लागेको जागरणसभा, ओलीको उपस्थिति र ट्राफिक व्यवस्थापनलाई लक्षित गर्दै सुरक्षा संयन्त्र र साइरनवाला गाडी प्रयोग नगरी कार्यक्रमस्थल पुग्न सुझाव पनि दिएका छन् ।
‘गति नै छोडे पछि सीमा राखेर के गति छोड्नु कमरेड ?’,कार्कीको प्रश्न छ । उनले नत्र प्रधानमन्त्रीले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म होइन भन्ने बुझ्नुपर्ने भन्दै शक्तिको पृथकीकरण र सन्तुलन चैँ लोकतन्त्र भएको बताएका छन् ।
‘सडकमा पनि म, सरकारमा पनि म, अदालतमा पनि म, अख्तियारमा पनि म, संसदमा पनि म, प्रहरी प्रशासनमा पनि म भन्ने कुरा लोकतन्त्र होइन’, कार्कीले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण