सौर्यमन्डल बाहिर भेटियो शिशु ग्रह
न्यूयोर्क । हाम्रो सौर्यमण्डल बाहिर अहिलेसम्मकै कान्छो ग्रह भेटिएको छ । यो ग्रहको उमेर ३० लाख वर्ष मात्रै भएको बताइएको छ । वैज्ञानिकहरूले यस शिशु ग्रहलाई आईआरएएस ०४१२५+२९०२ नामाकरण गरेका छन् । यो ग्रह पृथ्वीबाट ४३० प्रकाश वर्ष टाढा आणविक बादलको ताराहरूको एउटा नर्सरी नजिक रहेको छ ।
युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका म्याडिसन जी बार्बरको नेतृत्वमा ग्रहहरूमाथि गरिएको अनुसन्धानमा यो शिशु ग्रहबारे पत्ता लागेको हो । यस्तो युवा ग्रह फेला पर्नु असाधारण रूपमा दुर्लभ भएको बार्बरले बताएका छन् । तारा धुलोले ढाकिएको बादलको बीच ताराहरूको समूहको वरिपरि घुमिरहने भएकोले यस्ता ग्रह फेला पार्नु मुस्किल छ ।
तर, यस ग्रहको बाहिरी पत्र देख्नमा अलि खस्रो देखिन्छन् । यस्तो लाग्छ कि यो ग्रह कुनै ठुलो ग्रहसँग ठोक्किएको होस् ।
नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट (टीईएसएस)को सहयोगमा पत्ता लागेको शिशु ग्रह आफ्नो होस्ट ताराको अगाडिबाट गुज्रिदा यसको प्रकाश कम हुन थाल्छ । यो ग्रहको आकार बृहस्पति ग्रह जत्रै भएपनि यसको तौल भने एक तिहाइभन्दा कम भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण