ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ
काठमाडौँ । सिन्धुपाल्चोकको शिखरपुर घर भएका थइन्द्र रिजाललाई प्रहरीले पक्राउ गरेको छ । ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
काठमाडौँ महानगरपालिका–३ बस्दै आएका रिजालले काभ्रेको बेथानचोक गाउँपालिका–५ स्थित च्यासिङखर्कमा ग्रेनाइटको सम्भाव्यता अध्ययन गरेर आफूले लाइसेन्स लिएको भन्दै सो लाइसेन्स दिन्छु भनेर ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
रिजालले ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर सुनसरी घर भएका इन्द्रकुमार राईसँग रकम लिएका हुन् । राइसँग उनले ९६ लाखको चेक र भक्तपुर सिपाडोलको ४ आना २ दाम जग्गा लिएर सम्पर्कविहीन भएका थिए ।
उनीविरुद्ध ठगी गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
च्याल्टी खोला आसपासको क्षेत्रमा ग्रेनाइट खानी सञ्चालन गर्ने लाइसेन्स बेच्न उनले २ करोडमा पीडितसँग डिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण