समाचार
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
शुक्रबार, ०७ मङ्सिर २०८१, १९ : ५७
काठमाडौँ । किरिया खर्चको रकममा पनि घुस लिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा अशोक कुमार यादवले किरिया खर्चको रकमबाट घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारका अनुसार यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष)ले पाउनु पर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा जाँदा सेवाग्राहीसँग घुस माग गरेका हुन् ।
पीडित पक्षबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित यादवलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण