समाचार
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
शुक्रबार, ०७ मङ्सिर २०८१, १९ : ५७

काठमाडौँ । किरिया खर्चको रकममा पनि घुस लिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा अशोक कुमार यादवले किरिया खर्चको रकमबाट घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारका अनुसार यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष)ले पाउनु पर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा जाँदा सेवाग्राहीसँग घुस माग गरेका हुन् ।
पीडित पक्षबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित यादवलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्व एनआरएनएको नेतृत्वमा हेपिएको छ, यो पल्ट त्यस्तो नहोस् : आरके शर्मा
-
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगको अध्यक्षमा तीन दलको ‘बार्गेनिङ’
-
किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’
-
सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद
-
व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तर सुधार हुन सकेन : पूर्व राष्ट्रपति भण्डारी
-
भक्तपुरबाट जुवातास खेलिरहेका १० जना पक्राउ