रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
शुक्रबार, ०७ मङ्सिर २०८१, २२ : ४३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सभापति लामिछानेविरुद्ध शुक्रवार सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको हो ।
रविसँगै पूर्व डीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पुर्जी जारी भएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले उनीहरुलाई पक्राउ गर्न अनुमति दिएका हुन् ।
सहारा बचतको रकम अपलचनमा संलग्न लामिछाने र जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । चितवनस्थित सहारा बचतका पीडितले उनीहरू विरूद्ध पूरक जाहेरी दिएका थिए ।
साहाराबाट गोरखा मिडियामा अवैध तरिकाले रकम गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पूर्व गृहमन्त्री लामिछाने र जोशी गोरखा मिडियाका सञ्चालक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन
-
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’
-
जनआक्रोशलाई समयै व्यवस्थापन गर्न नसके अर्को अतिवादी शक्ति सत्तामा पुग्न सक्ने खतरा देखिन्छ : बाबुराम भट्टराई
-
प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘म राजनीतिमा आउदिनँ’
-
प्रचण्डपछि पार्टी कसरी चल्छ भन्ने बहस निरर्थक, उत्तराधिकारीको श्रृंखला तयार छ : वर्षमान पुन
-
लागूऔषध सहित तीन जना पक्राउ