रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
शुक्रबार, ०७ मङ्सिर २०८१, २२ : ४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सभापति लामिछानेविरुद्ध शुक्रवार सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको हो ।
रविसँगै पूर्व डीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पुर्जी जारी भएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले उनीहरुलाई पक्राउ गर्न अनुमति दिएका हुन् ।
सहारा बचतको रकम अपलचनमा संलग्न लामिछाने र जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । चितवनस्थित सहारा बचतका पीडितले उनीहरू विरूद्ध पूरक जाहेरी दिएका थिए ।
साहाराबाट गोरखा मिडियामा अवैध तरिकाले रकम गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पूर्व गृहमन्त्री लामिछाने र जोशी गोरखा मिडियाका सञ्चालक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण