चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
काठमाडौँ । चार महिनामा १३ अर्ब ४० करोड बराबरको मोबाइल फोन आयात भएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा १३ अर्ब ४० करोड रुपैयाँ बराबरको ८ लाख २७ हजार ९२५ थान मोबाइल आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
आयात भएको कुल मोबाइलमध्ये सबैभन्दा ठुलो परिमाणमा चीनबाट आयात भएको छ । चीनबाट ९ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको ६ लाख ११ हजार ९ सय ९७ थान मोबाइल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
दोस्रोमा भारतबाट ४ अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको २ लाख १३ हजार ४९ वटा मोबाइल आयात भएको छ । तेस्रोमा भियतनामबाट ९ लाख ६ हजार रुपैयाँको १ हजार २४ थान, चौथोमा अमेरिकाबाट ४ करोड ९३ लाख ६७ हजार रुपैयाँको ४ सय १६ थान मोबाइल आयत भएको छ ।
यसैगरी युएईबाट ३ करोड ४३ लाख ३९ हजार रुपैयाँको २ सय ८५ थान, जापानबाट २ करोड ९४ लाख ९२ हजार रुपैयाँको ३ सय ९२ थान, कोरियाबाट १ करोड १० लाख १६ हजार रुपैयाँको १ सय ५० थान, अस्ट्रेलियाबाट १ करोड ५१ लाख ८१ हजार रुपैयाँको १ सय ३८ थान, कतारबाट १ करोड १९ लाख २५ हजार रुपैयाँको १ सय १ थान र युकेबाट ६५ लाख ७७ हजार रुपैयाँको ६१ थान मोबाइल आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण