ललितपुर महानगरपालिकाको यी स्थानमा सवारी साधन पार्किङ निषेध
ललितपुर । ललितपुर महानगरपालिकाले आफू मातहतको विभिन्न क्षेत्रलाई पार्किङ निषेध क्षेत्र घोषणा गरेको छ । सवारी साधनहरू तथा पैदल यात्रुहरूको अत्यधिक चाप हुने क्षेत्रमा आवत जावत सहज बनाउन निषेधित क्षेत्र घोषणा गर्नुपरेको ललितपुर महानगरपालिकाका नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथुले जानकारी दिए ।
महानगर कार्यपालिकाले गरेको निर्णय आजदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । जसअनुसार मंगलबजार, सुनधारा, ग्वार्को सडक खण्ड र मंगलबजार, टंगल, थती (लगनखेल) सडक खण्डमा आजैदेखि सवारी साधन पार्किङ निषेध गरिएको छ ।
अत्यधिक सवारी साधनको पार्किङले गर्दा महानगरपालिका क्षेत्र भित्र रहेको सम्पदा संस्कृतिको धरोहर पाटन दरबार स्क्वायर क्षेत्रमा पर्यटक र पैदल यात्रुहरूको आवागमन, दमकल, एम्बुलेन्स जस्ता आकस्मिक सवारी साधनलाई समेत आवतजावत गर्न असहज भएपछि यस्तो निर्णय गर्नुपरेको महानगरले जनाएको छ ।
यस निर्णयको कार्यान्वयनसँगै विद्यालय तथा मन्दिरहरू भएकोले विद्यार्थी तथा भक्तजनहरूलाई आवतजावत गर्न सहज हुने, दुर्घटना न्यूनीकरण हुने महानगरको विश्वास रहेको छ ।
_o6PaO4pIeL.jpg)
_OIqIdXTLm5.jpg)
_T10BvjFidW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण