ललितपुर महानगरपालिकाको यी स्थानमा सवारी साधन पार्किङ निषेध
_hn0ZKFbuyD.jpg)
ललितपुर । ललितपुर महानगरपालिकाले आफू मातहतको विभिन्न क्षेत्रलाई पार्किङ निषेध क्षेत्र घोषणा गरेको छ । सवारी साधनहरू तथा पैदल यात्रुहरूको अत्यधिक चाप हुने क्षेत्रमा आवत जावत सहज बनाउन निषेधित क्षेत्र घोषणा गर्नुपरेको ललितपुर महानगरपालिकाका नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथुले जानकारी दिए ।
महानगर कार्यपालिकाले गरेको निर्णय आजदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । जसअनुसार मंगलबजार, सुनधारा, ग्वार्को सडक खण्ड र मंगलबजार, टंगल, थती (लगनखेल) सडक खण्डमा आजैदेखि सवारी साधन पार्किङ निषेध गरिएको छ ।
अत्यधिक सवारी साधनको पार्किङले गर्दा महानगरपालिका क्षेत्र भित्र रहेको सम्पदा संस्कृतिको धरोहर पाटन दरबार स्क्वायर क्षेत्रमा पर्यटक र पैदल यात्रुहरूको आवागमन, दमकल, एम्बुलेन्स जस्ता आकस्मिक सवारी साधनलाई समेत आवतजावत गर्न असहज भएपछि यस्तो निर्णय गर्नुपरेको महानगरले जनाएको छ ।
यस निर्णयको कार्यान्वयनसँगै विद्यालय तथा मन्दिरहरू भएकोले विद्यार्थी तथा भक्तजनहरूलाई आवतजावत गर्न सहज हुने, दुर्घटना न्यूनीकरण हुने महानगरको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक