नवलपरासी पूर्वमा ‘विद्यार्थीसँग प्रशासन’ अभियान सुरु
काठमाडौँ । स्थानीय प्रशासनले नवलपरासी पूर्वमा ‘विद्यार्थीसँग प्रशासन’ अभियान सञ्चालन गर्न थालेको छ । प्रशासनिक संयन्त्रप्रति नयाँ पुस्ताको विश्वास बढाउन र सरकारी कार्यालयको सेवाबारे जानकारी गराउने उद्देश्यले अभियान सुरु गरिएको नवलपरासी पूर्वका प्रजिअ अरुण पोखरेलले बताए ।
जिल्ला प्रहरी प्रमुख कावासोतीस्थित मध्यविन्दु क्याम्पसका विद्यार्थीहरूसँग छलफल र प्रस्तुतीकरण गरेर अभियान सुरु गरिएको छ । शुक्रवार मध्यबिन्दु क्याम्पसका विद्यार्थीहरूसँग प्रमुख जिल्ला अधिकारी पोखरेल, नवलपरासी पूर्वका एसपी यादव ढकाल, ट्राफिक प्रहरीका इन्स्पेक्टर र राजस्व कार्यालयका प्रमुखले सरकारले प्रदान गर्ने सेवाबारे छलफल र अन्तरक्रिया गरेर अभियान सुरु गरेका हुन् ।
देशप्रतिको सम्मान बढाउन स्कुल र कलेजहरूमा नै गएर निरन्तर छलफल गरिने जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वको योजना छ । आगामी ३ महिनामा सबै पालिकाका १२ वटा शिक्षण संस्थामा पुग्ने योजना रहेको प्रजिअ पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण