सिनामंगलमा मृत भेटिएका दम्पती शनिवार क्यानडाबाट फर्केका थिए, टिचिङ अस्पतालमा पोस्टमार्टम गरिँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित होटल जन्मभूमिको चौंथो तलामा मृत भेटिएका दुई जना दम्पती रहेको पुष्टि भएको छ । सुनसरीको दुहबी घर भएका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला श्रीमान्–श्रीमती भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
मङ्सिर ८ गते बिहान कतार एयरलाइन्सको उडानमार्फत उनीहरू क्यानडाबाट काठमाडौँ आएका हुन् । काठमाडौँ आएपछि उनीहरू एयरपोर्ट नजिकै रहेको होटल जन्मभूमिमा गएर बसेको एसपी अधिकारीले बताए । उनले भने, ‘विमानस्थलबाट उहाँहरू सिधै होटलमा गएको देखिन्छ ।’
पौने ७ बजेतिर होटलमा पुगेका उनीहरू चौथो तलाको १२० नम्बर कोठामा बसे । मोरङ घर भएकी शर्मिलाको पासपोर्टमा पतिको नाम रमेश माझी उल्लेख छ । उनीहरू २०२२ देखी क्यानडामा बसेर फर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
होटलको कोठा बन्द रहेको र कोठा बाहिर बार्दलीमा एउटै सलको पासोमा दुवैजना झुन्डिएको अवस्थामा उनीहरू फेला परेका हुन् । स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका फुटाएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक विशाल सहनीले घटनास्थलमा पुगेर फरेन्सिक जाँच गरेका छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी अधिकारीले बताए । विराटनगरबाट उनीहरूका आफन्त काठमाडौँ आउँदै छन् । आफन्त आएसँगै जाहेरी लिएर शव पोस्टमार्टम गरिने अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण