समाचार
सिनामंगलस्थित होटलमा दुई युवायुवती मृत अवस्थामा भेटिए
आइतबार, ०९ मङ्सिर २०८१, १२ : ३७
काठमाडौँ । काठमाडौँको सिनामंगलमा दुई युवायुवती मृत भेटिएका छन् । काठमाडौँ महानगरापलिका ८ सिनामंगलस्थित होटल जन्मभूमिमा सुनसरीका ३४ वर्षीय रमेश रायमाझी र मोरङकी २९ वर्षीय शर्मिला माझी मृत भेटिएका हुन् ।
शनिबार साँझ होटलको चौथो तलाको कोठमा नम्बर १२० भाडामा लिएर बसेका उनीहरु घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार होटलको बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएको अवस्थामा उनीहरुको शव भेटिएको हो । सो घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको समेत जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण