मतदातालाई मतदानका लागि आयोगले दियो यी विकल्प
आइतबार, ०९ मङ्सिर २०८१, १६ : ३२
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरूले सवारी चालक अनुमति पत्रका आधारमा पनि मतदान गर्न पाउने जनाएको छ ।
आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र अथवा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउन असम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।
उक्त दिन बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । उपनिर्वाचन अन्तर्गत मङ्सिर १६ गते ४२ स्थानीय तहका विभिन्न पदमा मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण