बीआरआई अनुदान वा सहुलियत ऋणमा लिनुपर्छ भन्ने पार्टीको धारणा हो : सांसद खनाल
आइतबार, ०९ मङ्सिर २०८१, १७ : २४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’(बीआरआई) प्रोजेक्टको विषयमा पार्टीको आधिकारिक मार्ग अनुदान नै भएको जानकारी दिएको छ ।
पार्टी सांसद तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका शिशिर खनालले बीआरआईको विषय पार्टीको आधिकारिक लाइन तथा प्राथमिकता अनुदान नै भएको बताए । आइतबार रातोपाटीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।
‘बीआरआईमा पार्टीको लाइन भनेको यस्ता परियोजना ग्रान्टमा लिने भन्ने हो‚’ खनालले रातो पाटीसँग भने । उनले ग्रान्डमा नभए एडीपी‚ वर्ल्ड बैङ्क जस्ता दातृ निकायले सहुलियतमा दिने ऋण भए मात्र स्विकार्नुपर्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहँदा बीआरआई पनि चर्चामा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण