कोरिया पठाउँछु भनेर ९ लाख ठगेको आरोपमा एक जना पक्राउ
आइतबार, ०९ मङ्सिर २०८१, १८ : २२
काठमाडौँ । वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–१ घर भएका ५२ वर्षीय गिता बहादुर मगर छन् ।
उनले चारजना पीडितबाट ९ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।
पीडितहरूलाई कोरिया पठाउँछु भनेर रकम लिएपछि उनी लामो समयदेखि सम्पर्कविहीन थिए । उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण