कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
काठमाडौँ । काठमाडौँको कालिमाटीमा महिलाको शव बोकेर हिँडेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र मल्ल छन् ।
कालिमाटीको संगितमार्गमा मंसिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीय जानुका सुर्खेतीको शव भेटिएको थियो । अनुसन्धान गर्दै जाँदा उनको शव युवकले काँधमा बोकेर सडकमा फालेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘प्रविधिको प्रयोग गरेर अनुसन्धान गर्दा शव बोकेर फालेको देखिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’
युवक लागु औषध सेवनकर्ता हुन् । उनले शव बोकेर फालेको स्वीकार गरेका छन् । आरोपी विरुद्ध ज्यानसम्बन्धी कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी भट्टराईले जानकारी दिए ।
मृतक आफूखुसी सडकमा बस्दै आएकी थिइन् । मृतकको सुरुवाल खुला रहेको हुनाले युवकले बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ । तर, चोट नदेखिएको हुनाले हत्या पुष्टि हुनसक्ने प्रमाण फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । आरोपीले हत्या अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण