४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम

काठमाडौं । पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा कयौं समयदेखि जारी झडपमा दजनौं मानिस मारिएपश्चात विद्रोही दुुई साम्प्रदायिक समूहबिच सात दिनको युद्धविराम घोषित गरिएको छ । गएको बिहीबार बन्दुकधारीहरु नागरिक बस्तीमा छिरेपछि साम्रदायिक समूहबीच हिंसा भड्किएको थियो ।
जसमा कम्तिमा पनि ४० जना मारिएका छन् । त्यसरी मारिनेमा अधिकांश शिया मुसलमान थिए । जवाफी कारबाहीमा कुर्रम क्षेत्रमा बसोबास गर्ने सुन्नी मुसलमानहरुलाई निशाना बनाइएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
अफगानी सीमा क्षेत्रस्थित खैबर पख्तूनख्वा प्रान्तको कुर्रम जिल्लामा भूमि सम्बन्धी विवादलाई लिएर शिया र सुन्नी मुसलमानहरु दशकौंदेखि साम्प्रदायिक हिंसामा उत्रिएका छन् ।
प्रान्तीय सरकारका प्रवक्ता एवं मध्यस्तता टोलीका सदस्य मुहम्मद अली सैफले दुबै पक्ष सात दिनको युद्ध विरामका लागि सहमत भएको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘उनीहरुले आपसमा कैदीबन्दीको आदान प्रदान समेत गर्ने छन भने एक अर्कालाई शव पनि फिर्ता पठाउने छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने
-
बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री लुम्बिनी आउँदै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?
-
स्वयम्भूनाथमा बौद्धमार्गीको घुइँचो, तस्बिरहरू