४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
काठमाडौं । पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा कयौं समयदेखि जारी झडपमा दजनौं मानिस मारिएपश्चात विद्रोही दुुई साम्प्रदायिक समूहबिच सात दिनको युद्धविराम घोषित गरिएको छ । गएको बिहीबार बन्दुकधारीहरु नागरिक बस्तीमा छिरेपछि साम्रदायिक समूहबीच हिंसा भड्किएको थियो ।
जसमा कम्तिमा पनि ४० जना मारिएका छन् । त्यसरी मारिनेमा अधिकांश शिया मुसलमान थिए । जवाफी कारबाहीमा कुर्रम क्षेत्रमा बसोबास गर्ने सुन्नी मुसलमानहरुलाई निशाना बनाइएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
अफगानी सीमा क्षेत्रस्थित खैबर पख्तूनख्वा प्रान्तको कुर्रम जिल्लामा भूमि सम्बन्धी विवादलाई लिएर शिया र सुन्नी मुसलमानहरु दशकौंदेखि साम्प्रदायिक हिंसामा उत्रिएका छन् ।
प्रान्तीय सरकारका प्रवक्ता एवं मध्यस्तता टोलीका सदस्य मुहम्मद अली सैफले दुबै पक्ष सात दिनको युद्ध विरामका लागि सहमत भएको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘उनीहरुले आपसमा कैदीबन्दीको आदान प्रदान समेत गर्ने छन भने एक अर्कालाई शव पनि फिर्ता पठाउने छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण