विवाह गर्दै गायिका स्मिता दाहाल
काठमाडौँ । गायिका स्मिता दाहालले विवाह गर्ने भएकी छन् । उनले आगामी २१ गते प्रेमी सायुज्य श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । विवाह समारोह गोकर्णस्थित नर्लिङ रिसोर्टमा आयोजना गरिएको बताइन्छ । केही अगाडि दुवैले इन्गेजमेन्ट समेत गरिसकेका छन् ।
दाहालले श्रेष्ठलाई प्रेमीको रूपमा चिनाउँदै सामाजिक सञ्जालमा जीवन साथीको भएको समेत बताएकी छन् ।
उनले इन्स्टाग्राम भनेकी छन्- ‘मेरो माया, कलेजको बेन्चहरूमा लुकेर हेराहेर गर्दादेखि सधैँको लागि योजना बनाउँदासम्म । हामीले मात्र बुझ्न सक्ने यो हाँसो, अबेर रातिसम्मको कुराकानी र शान्त क्षणको यात्रा । साथीदेखि मेरो माया र अहिले सँधैको लागि । तिमीले ल्याएका हरेक खुसीका लागि धन्यवाद । मेरो औँला वरिपरि बेरिएको वाचाका लागि र मलाई संसारको सबैभन्दा भाग्यशाली हृदय बनाएकोमा धन्यवाद । यहाँ हाम्रो सुरुवातका लागि, यी हातले बनाएका सपना, माया, हाँसो र अनन्त सुन्दर सम्झनाको जीवनका लागि । म तिम्रो हुनका लागि पर्खन सक्दिन, सधैँ र सधैँ । मेरो सारा हृदयले, तिम्रो ।’
दाहाल पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपकै अग्लो शिखर रुसको माउन्ट एल्ब्रुसमा पाँच पर्वतारोहीको मृत्यु
-
विद्युत् बक्यौता असुल्न सरकारलाई कसले रोक्यो ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा चार जना घाइते
-
पुरुषहरूमा पिसाब चुहिने समस्या कुन रोगको सङ्केत हो ?
-
सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो
-
काँकरभिट्टाबाट गत आर्थिक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण