सिड्नीमा सत्य–स्वरूपको सांगीतिक साँझ हुने
सिड्नी । युवापुस्ताका चर्चित गायक सत्यराज आचार्य र स्वरूपराज आचार्य एकसाथ सिड्नीमा गुन्जने भएका छन् । नेपाली सुगम गीत–संगीत क्षेत्रमा पारंगत मानिने यी दुई गायक ६ डिसेम्बरमा सिड्नीको ग्रयानभिलमा रहेको टाउन हलमा विभिन्न प्रस्तुतिहरू दिने भएका हुन् ।
सिड्नीको कार्यक्रम आयोजक फ्लेभर्स अफ नेपालका राजेश केसीले ‘द सत्य स्वरूप शो’को तयारी पुरा भएको जानकारी दिए । फिन कनेक्स फाईनानसियलको साथमा सिड्नीमा हुने शो पछि यो कार्यक्रम डिसेम्बर ९ मा न्यू क्यासल, डिसेम्बर १५ क्यानभेरा र डिसेमबर १६ तारेखका दिन उलंगनमा आयोजना हुनेछ ।
द सत्य स्वरूप शो कार्यक्रमको अष्ट्रेलिया टुरको म्यानेज्मेन्ट द स्तुपा टेस्ट अफ नेपाल उलंगनले गरेको हो । भिषा पार्टनरमा होराईजन ऐसोसियटस प्राईभेट लिमिटेड र ट्राभल पार्टनरमा एभरेष्ट ट्राभल प्राईभेट लिमिटेड रहेको छ ।
‘अष्ट्रेलियामा रहनु हुने नेपाली गीत संगीतप्रेमीहरु मांझ प्रस्तुत हुन हामी हतारिएका छौ’, गायक सत्यराजले भने, ‘हामीलाई विश्वास छ कि उहाँहरूको सांगीतिक प्यास मेटाउन हामी जोड तोडका साथ लाग्ने छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण