‘एक्टिङ स्टार’ को डिजिटल अडिसनमा ५०० भन्दा बढीको आवेदन
काठमाडौँ । रियालिटी शो ‘एक्टिङ स्टार’को केही महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो। डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।
डिजिटल अडिसनबाट सेलेक्सनमा पर्न सफल व्यक्तिहरूलाई उनीहरूकै गाउँ ठाउँमा पुगेर सहभागिताको प्रमाण पत्र प्रदान गर्ने निर्माण टिमले बताएको हो।
फिजिकल अडिसन मार्फत २४ जना सेलेक्ट गरेर प्रतियोगिता सुरु गरिने छ। अभिनय रियालिटी शोमा भाग लिन इच्छुकले दुई मिनेटसम्मको प्रस्तुति भिडियो मङ्सिर ३० गतेभित्रमा पठाउन सक्ने निर्माता कम्पनी महक मिडिया नेटवर्क प्रालिले जनाएको छ ।
अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको उक्त शोको निर्देशन विशाल भण्डारीले गर्नेछन्। शो को जज र प्रसारण हुने टिभी च्यानल भने केही दिनमा सार्वजनिक गरिने जनाइएको छ ।
डिजिटल अडिसनको भिडियो इमेल तथा ह्वाट्सएप तथा भाइबर नम्बर ९७६७९८३३१० मा पठाउन सकिने जनाइएको छ । ‘एक्टिङ स्टार’ को विजेताले नगद पुरस्कार राशिसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण