राजनीतिक अस्थिरताका कारण व्यवसायी मारमा : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायीलगायत अन्य व्यवसायीहरू मारमा परेको बताएका छन् । सोमबार काठमाडौँमा नेपाल निर्माण उद्योग परिषद्को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताए । उनले हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरू आफू अनुकुल थप्ने तथा पुराना आयोजनाहरूलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको उल्लेख गरे । उनले राजनीतिक स्थिरता हुँदा नीतिगत स्थिरतासँगै उद्योग व्यवसायमा समेत सकारात्मक असर पर्ने बताए । उनले नेपालको निर्माण लगायत उद्योग व्यवसाय क्षेत्रमा राजनीतिक अस्थिरताको कारण असर परिरहेको उल्लेख गरे ।
महासचिव पोखरेलले देश बनाउनको लागि सबैले नयाँ ढङ्गले सोच्न आवश्यक रहेको पनि बताए । उनले नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको बताए । उनले यस्तो हुँदा बाहिर जाने युवाहरूले मुलुकमा रेमिट्यान्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको बताए ।
उनले भने,‘देश बनाउनु छ भने नयाँ ढङ्गले सोच्नुपर्छ । त्यो सोच्ने काम कसैले पनि गरिरहेको छैनौँ । बाहिर जाने युवाहरूले मुलुकमा जसरी रेमिट्यान्स लिएर आउँछन् त्यसरी नै बाहिर जान्छ । त्यही भएर देश बनेको छैन । हाम्रो आनीबानीमा परिवर्तन नभएकाले देश बन्न सकेको छैन । सबै काम देशभित्रका मानिसहरूले गर्दा मुलुकमा कर तिर्ने थिए । विदेशका मानिसहरू नेपालमा आएर काम गरेपछि नेपालको रकम बाहिर जान्छ । मुलुकभित्र पर्याप्त मात्रामा सामर्थ्य छ । तर मुलुकको सामर्थ्य समान गर्नसक्ने राज्यलाई कमजोर बनाएका छौँ । जबसम्म राज्य बलियो हुँदैन । तबसम्म देश बनाउन गाह्रो हुन्छ ।’
महासचिव पोखरेलले राजनीतिक दल, राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश नबन्ने उल्लेख गरे । उनले बहुदलीय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायित्व अहिलेसम्म आउन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण