‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
नयाँ दिल्ली । बलिउडका चर्चित सङ्गीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानोले हालै सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । २९ वर्षदेखिको वैवाहिक सम्बन्ध अन्त्य गर्ने उनीहरूको निर्णयले मानिसहरू अचम्मित भए ।
यो भन्दा पनि अचम्मको कुरा चाँहि रहमानले सम्बन्ध विच्छेदको घोषणा गरेको केही घण्टापछि उनको टिमकी बेस म्युजिशियन मोहिनी डेले पतिबाट अलग भएको घोषणा गरिन् । धेरैले यी दुई घटनाबिच कनेक्सन देखे । अनलाइनमा मोहिनी र एआर रहमानलाई जोड्न थालियो । यस विषयमा मोहिनीले भिडियो शेयर गर्दै आफ्नो कुरा राखेकी छिन् ।
‘उनी मेरा पिता जस्तै हुन्’
मोहिनी डेसँगै नाम जोडिन थालेपछि रहमानका छोराछोरीपछि उनकी श्रीमतीले पनि यी अफवाहलाई बकवास भनेकी थिइन् । पहिलो पटक मोहिनी डेले यस सम्पूर्ण मामिलामा आफ्नो मौनता तोड्दै रहमान आफ्नो बुबा जस्तै भएको बताएकी छिन् ।
मोहिनीले भिडियो र क्याप्सनमा आफ्ना मनका कुरा शेयर गर्दै मिडियालाई अफवाह नफैलाउन र गोपनीयताको सम्मान गर्न अपील पनि गरेकी छिन् । मोहिनीले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेकी छिन्, जसमा उनले एआर रहमान उनको रोल मोडल र उनी आफ्नो बुबा जस्तै भएको बताएकी छिन् ।
उनीहरू दुवैको मनमा एकअर्काप्रति धेरै सम्मान रहेको बताइन् । ‘मेरो जीवनमा कयौँ पिता तुल्य, आदर्श व्यक्तित्व छन् । अनि वास्तवमै म भाग्यशाली र कृतज्ञ पनि छु कि उनले मेरो पालनपोषणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । एआर तीनैमध्ये एक हुन् । एआरको मतलब एआर रहमान हो । म उनको निकै सम्मान गर्छु । उनी मेरो पिता जस्तै छन् । मलाई लाग्छ कि उनकी छोरी ठ्याक्कै मेरो उमेरकी छिन् । हाम्रो मनमा एकअर्काप्रति धेरै आदर र माया छ ।’ पोस्टमा उनले लेखेकी छिन् । मानिसहरूले यसलाई अश्लील बनाए ।
मान्छेले यसलाई अश्लील बनाइदिए
आफू र एआर रहमानविरुद्ध यति धेरै गलत सूचना र आधारहीन दाबीहरू देखिनु नै अविश्वसनीय कुरा भएको पनि उनले लेखेकी छिन् । मिडियाले दुवै घटनालाई अश्लील बनाइदिएको र यो अपराध भएको पनि उनले बताइन् ।
आफूले रहमानसँग साढे ८ वर्षदेखि उनको फिल्म, टूर आदिमा काम गरिरहेको र मान्छेले यस्तो खालको भावनात्मक मामिलाप्रति कुनै सम्मान अनि सहानुभूति नराख्नु निराशाजनक भएको पनि उनको भनाई छ । झूटा दाबीहरू फैलाउन बन्द गर्न र आफूहरूको निजताको सम्मान गर्न पनि उनले पोस्टमा भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंसिर २२ देखि लेखनाथमा आदर्श कप फुटबल हुने
-
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
-
एमाले सांसद चौधरीले हैकम जमाएको भन्दै २१३ जनाद्वारा पार्टी परित्याग
-
लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्री ओलीको आग्रह
-
एसिया कपमा युवा टोलीले धेरै आशा गर्न सकिने प्रदर्शन गरेको छ : शक्ति गौचन
-
रोयल्टी समाजको अल्टिमेटममा यातायात व्यवसायीको प्रतिरोध, के हो लफडा ?