‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
काठमाडौँ । ‘राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर’ लगायतका माग राखेर माइतीघरमा मंगलबार प्रदर्शन गरिएको छ। आफूलाई स्वतन्त्र समूह बताउने युवाहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा रास्वपाकी केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाको पनि उपस्थिति रहेको थियो।
_HZbzgsh24u.jpg)
सहकारी ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हाल प्रहरी हिरासतमा रहेका छन् । पोखरामा बयान सकिएकाले उनलाई आज काठमाडौँ ल्याउन लागिएको हो ।
_KSKB2pSmJL.jpg)
कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो । जिल्ला प्रहरी कास्कीका अनुसार स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।
_oonOxJ4xxj.jpg)
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत २ कात्तिकमा लामिछानेलाई काठमाडौँबाट पक्राउ गरिएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।
_sLO0r7ox1C.jpg)
_gDm9xFHpbi.jpg)
_5c5IUpPltK.jpg)
_e7WR20wxrM.jpg)
_wzje4kdtBw.jpg)
_903zfJXail.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण