दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो
काठमाडौँ । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।
प्रसाईंको हकमा छोरा नीराजन प्रसाईंले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए । न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश गरेको थियो ।
प्रसाईंको आजै बयान गराइने छ । उनको लिखित जवाफ आज पेस भए आजै सुनुवाइ भई रिहा गर्नेबारे आदेश हुनेछ। लिखित जवाफ पेस नभए अर्को दिन जवाफ पेस गर्नु पर्नेछ ।
उपचार गराउन वीर अस्पतालमा भर्ना गरिएका प्रसाईंलाई मंगलबार हिरासतमा फिर्ता ल्याइएको थियो । अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण