धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै
धनगढी । कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघ धनगढीको आयोजनामा मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने भएको हो ।
२०६३ सालदेखि धनगढीमा आयोजना हुँदै आएको महोत्सवको यो १८ औ संस्करण हो । आयोजक कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको छ ।
झन्डै ३ करोडको लागतमा आयोजना हुने महोत्सवमा १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेकट्रोनिक, होटल र सूचना प्रविधि गरी ५ सय स्टलहरू रहने बताइएको छ । जसको ९५ प्रतिशत स्टल बुक भइसकेको पनि बताइएको छ ।
त्यस्तै महोत्सवको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको अध्यक्ष कुँवरले जानकारी दिए । महोत्सवमा वृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषिमा आएको प्रविधिलाई व्यवसायमा जोड्नको लागि प्रदर्शनीमा विशेष जोड दिएको । यसैबिच महोत्सवमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण