एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड

काठमाडौँ । एजुकेशन प्लानेट प्राली दक्षिण एसियाका लागि प्रतिष्ठित मानिने ‘टप अफ द टावर’ अवार्डबाट सम्मानित भएको छ । युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीले एजेन्ट एक्सेलेन्स अवार्ड २०२४ मा दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ पुरस्कारबाट सम्मानित गरेको हो ।
यो अवार्डले शैक्षिक परामर्शमा ई–प्लानेट को उत्कृष्ट योगदान र उपलब्धिहरू, विद्यार्थी सहयोग, विश्वव्यापी साझेदारी र दक्षिण एसियामा प्लेसमेन्ट सेवाहरूमा उत्कृष्टतालाई बेन्चमार्कहरू स्थापना गरेको छ ।
उक्त पुरस्कारले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक अवसरहरू उपलब्ध गराउँदै आएको ई–प्लानेटलाई थप ऊर्जा थपेको छ ।
‘हामी यूटीएसबाट यो प्रतिष्ठित अवार्ड पाउँदा निकै खुसी छौँ । यसले हाम्रो टिमको समर्पण, हाम्रा विद्यार्थी र साझेदारहरूको विश्वास र दक्षिण एसियाली विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षाको माध्यमबाट उज्यालो भविष्यतर्फ डोर्याउने हाम्रो मिसनलाई प्रतिबिम्बित गर्छ,’ कार्यकारी निर्देशक नयन लामिछानेले भने ।
ई–प्लानेटले यस वर्ष आफ्नो २० औँ वार्षिकोत्सव मनाउँदै छ । उक्त पुरस्कारले शैक्षिक परामर्श क्षेत्रमा महत्त्वपूर्ण उपलब्धी प्राप्त भएको उनको भनाइ छ ।
सन् २००५ मा स्थापना भएको एजुकेशन प्लानेटले विद्यार्थीहरूलाई विदेशमा उच्च शिक्षा हासिल गर्न मार्गदर्शन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते
-
के हो टेलिकमको बिलिङ प्रकरण ?, अख्तियारले कहाँनिर देख्यो भ्रष्टाचार ?
-
वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य, १ हजार ४३ कम्पनी तोकिएको देशमा काम गर्न पत्राचार
-
१५ औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलालीलाई
-
बेरिङटनको शतक, नेपालसामु विशाल लक्ष्य
-
आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा