बेरिङटनको शतक, नेपालसामु विशाल लक्ष्य
सारांश
- आईसीसी पुरुष विश्वकप लिग-२ मा स्कटल्याण्डले नेपाललाई ३२४ रनको लक्ष्य दिएको छ। स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२४ रन बनायो।
- स्कटल्याण्डका कप्तान रिची बेरिङटनले १२० रन बनाए भने माइकल लिस्कले ९६ रनको योगदान दिए। नेपालका लागि करन केसी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए।
- यो शृङ्खलामा नेपालको तेस्रो खेल हो, जसमा नेपालले स्कटल्याण्डलाई पहिलो खेलमा हराएको थियो र नेदरल्याण्ड्सलाई पनि जितेको थियो।
काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग–२ मा स्कटल्याण्डले नेपालसामु जितका लागि ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २४ रन बनाएको हो ।
टोलीका लागि कप्तान रिची बेरिङटनले शतकीय इनिङ्स खेले । उनले ११४ बलको सामना गर्दै ६ चौका र ४ छक्काको मद्दतले १ सय २ रन जोडे । उनले माइकल लिस्कसँग मिलेर स्कटल्याण्डका लागि छैटौँ विकेटमा १२५ रनको कीर्तिमानी साझेदारी गरे ।
त्यस्तै, माइकल लिस्कले तीव्र गतिमा रन बनाउँदै ६२ बलमा ९६ रन जोडे । उनी शतक बनाउनबाट मात्र ४ रनले चुके । उनले १२ चौका र ३ छक्का प्रहार गरे । यसअघि ओपनर चार्ली टियरले पनि ६५ बलमा ६८ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका थिए । उनले ९ चौका हिर्काए । फिन्ले म्याक्रिथले २३ बलमा १७ रनको योगदान दिए ।
अन्तिम ओभरमा करन केसीको लगातार ३ बलमा छक्का हिर्काएका मार्क वाटले ९ बलमा २१ रन जोडे ।
नेपालका लागि करन केसी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । ललित राजवंशीले किफायती बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले भने १० ओभरमा ६९ खर्चेर कुनै विकेट लिन सकेनन् ।
जारी शृङ्खलामा नेपालको यो तेस्रो खेल हो । नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई १ विकेटले हराएको थियो । दोस्रो खेलमा पनि नेपाल विजयी बनेको थियो । नेपालले नेदरल्याण्ड्सविरुद्ध ५ विकेटको जित हात पारेको थियो ।
१४ खेलबाट १० अंक बटुल्दै नेपालले सातौँ स्थानमा रहेको छ । टोलीले ४ खेलमा जित र ८ खेलमा हार बेहोरेको छ । दुई खेलको नतिजा आउन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण