आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।
मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
पेट्रालियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सिसी क्यामेरासमेत बन्द गरेर बढी पेट्रोलियम पदार्थ पठाएको पाइएको अख्तियारले जनाएको छ ।
कुल १२ हजार लिटर डिजल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो । बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजलको प्रतिलिटर मूल्य रु १४७ अनुसार चार लाख ४८ हजार ५२५ हिनामिना भएको आयोगको दाबी छ ।
आयोगले प्रमुख दास, पश्चिमाञ्चल टे«डर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि ढुङ्गाना र रानाभाट, ट्याङ्कर चालक निर्मला थापाविरुद्ध जनही रु चार लाख ४८ हजार ५२५ बराबरको बिगो दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी