आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

१५ औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलालीलाई

आइतबार, २५ जेठ २०८२, १९ : ३२
आइतबार, २५ जेठ २०८२

कैलाली । १५ औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको च्याम्पियन कैलाली बनेको छ । २६ स्वर्ण, रजत १२ र कांस्य १० प्राप्त गर्दै कैलाली च्याम्पियन बनेको हो । यसैगरी कञ्चनपुर १७ स्वर्ण, १२ रजत र ११ कांस्य प्राप्त गर्दै प्रतियोगितामा दोस्रो भएको छ ।

यस्तै बझाङ ७ स्वर्ण, ४ रजत र ११ कांस्य गरी तेस्रो भएको छ । यसैगरी बैतडी ३ संवरण, ६ रजत र ७ कांस्य गरी प्रतियोगितामा चौथो बनेको छ । बाजुरा स्वर्णविहीन न भएको छ । उसले ७ रजत र १५ कांस्य जितेको छ। डडेलधुरा पनि स्वर्णविहीन छ, ६ रजत र १४ कांस्य जितेको छ। दार्चुलाले ४ रजत र ४ कास्यमात्रै जितेको छ।

डोटीले १ रजत र ६ कांस्य मात्रै जित्यो । अछामले १ रजत र ३ कांस्य जित्यो। पहाडका सात जिल्ला मध्ये बझाङ र बैतडी अन्य जिल्लाले स्वर्ण मेडल जित्न सकेनन् ।

१५औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २४ गतेदेखि २५ सम्म धनगढीस्थित रंगशालामा खेलहरु भएका थिए । प्रतियोगितामा नौ  जिल्लाका खेलाडीहरूबिच एथलेटिक्स, तेक्वान्दो, उस्सु, कराँते, भलिबल, कबड्डी लगायतका खेलतर्फ प्रतिस्पर्धा भएको थियो ।

छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई यही वर्ष हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सिफारिस गरिने छ । गत वर्ष सम्पन्न १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको थियो। त्यही उपलब्धिलाई आधार मानेर यसपटक पनि प्रदेशस्तरीय छनोटमा सहभागी खेलाडीहरू उत्साहित देखिएका थिए ।

सुदूरपश्चिम प्रदेश सरकार, खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समिति कैलालीको संयोजनमा भएको  यो प्रतियोगिताले नयाँ प्रतिभा पहिचान र खेल क्षेत्रमा उपलब्धि गर्ने अपेक्षा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप