प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । चीन भ्रमणको पूर्वसन्ध्यामा महासचिव विप्लवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
भेटको क्रममा ओली सरकारसँग विगतमा गरिएको तीन बुँदे सहमति कार्यान्वयनमा ध्यानाकर्षण गराएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
‘विगतमा ओली सरकारसँग हाम्रो तीन बुँदे सहमति भएका थिए । अहिले पनि उहाँ आफै प्रधानमन्त्री हुनुहुन्छ । तर अहिलेसम्म हाम्रा नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता भएको छैन । हाम्रा १० जना कार्यकर्ता जेलमै हुनुहुन्छ । त्यसबारे हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हौँ’, भेटवार्ताबारे जानकारी दिँदै उनले भने ।
जवाफमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्किएर आएपछि दुवैपक्ष बसेर समस्या समाधान गर्ने बताएको उनले जानकारी दिए ।
‘चीन भ्रमणबाट फर्किएपछि दुवै पक्ष बसेर मुद्दा फिर्ता लिने विषयमा छलफल गरौँला भन्नुभएको छ ’, ओलीको भनाइ उदृद्धि गर्दै उनले भने ।
यस्तै चीन भ्रमणमा कूटनीतिक सम्बन्धमा कुनै असर नपर्ने गरी कुराकानी गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उनले बताए । एकीकृत जनक्रान्तिको कार्यदिशा अंगाल्दै विद्रोहमा होमिएको नेकपामाथि तत्कालीन ओली सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसपछि सशस्त्र भूमिगत विद्रोह गरेको नेकपाले ०७७ साल फागुनमा सरकारसमक्ष तीन बुँदे सहमति गरेको थियो । सोही सहमति अनुसार आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिन विप्लवले दबाब दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण