दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा पेसी
काठमाडौँ । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई गैरकानुनी थुनामा राखिएको दाबीसहितको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज पेसी तोकिएको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रवार उनका छोरा नीराजन प्रसाईंले सर्वोच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमा अदालत उपस्थित गराउन आदेश गरेपछि मङ्गलवार उनलाई सर्वोच्च उपस्थित गराइएको थियो।
साइबर अपराधसम्बन्धी कसुरमा उनलाई प्रहरीले गत मङ्गलवार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण