करिब ३ सय ३० किलोग्राम गाँजासहित तीन जना पक्राउ
काठमाडौँ । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्रामसहित गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी बोलेरो चालक अमिरलाई पक्राउ गरेको हो ।
यता बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७० किलोग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीय रमोद चौधरी र ५२ वर्षीय मनमती देवीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोल्हवी र सशस्त्र बेश कोल्हवीबाट खटिएको संयुक्त टोलीले मनमतीको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके राउतको पहिलो चीन भ्रमण, भन्छन्– चीनको विकास देखेर चकित भएँ
-
माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबिच एकता घोषणा
-
इरानको युरेनियम संवर्धनमा भएको वृद्धिप्रति चिन्ता व्यक्त
-
साढे ४९ अर्ब बराबरको आइपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
-
बीआरआई सहमतिमा विवाद गर्नुपर्ने कारण छैन : रमेश लेखक
-
अमेरिका : टिकटकको अपिल खारेज, अब लाग्नसक्छ प्रतिबन्ध