अर्थतन्त्र
बोर्ड अध्यक्षको पहिलो निर्णय : एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति
बुधबार, १२ मङ्सिर २०८१, १७ : १७
काठमाडौँ । बुधबार कार्यभार सम्हाले लगत्तै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएका छन् । श्रेष्ठले एभरेस्ट बैंकको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएका हुन् ।
एभरेस्ट बैंकले गएको असारमा ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको थियो । तर अध्यक्ष नहुँदा उक्त प्रक्रिया थन्किएको थियो । निमित्त अध्यक्षको जिम्मेवारी पाएका अर्थ मन्त्रालयका सहसचिव महेश बरालले यस्ता निर्णयमा हस्ताक्षर गरेका थिएनन् ।
अब एभरेस्ट बैंकले १० वर्षे अवधिका लागि ७।५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नेछ । यसका लागि बैंकले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण