क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिको अन्तिम बैठक कुपन्डोलमा
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिको अन्तिम बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय कुपण्डोलमा बैठक सुरु भएको केन्द्रीय सदस्य नारायण पङ्गेनीले जानकारी दिए ।
उनका अनुसार बैठकले बिहीबारबाट सुरु हुने एकता महाधिवेशनको एजेन्डा पारित गर्ने छ । एकता प्रक्रियामा जोडिएका धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत महाधिवेशनबाट अलग भइसकेको छ ।
नेकपा मसालबाट आएका सन्तबहादुर नेपाली समूह सहितको एकता महाधिवेशन गर्न लागिएको हो । महाधिवेशनमा संयोजक वैद्यले एकता, सङ्घर्ष र रूपान्तरण सहितको राजनीतिक प्रतिवेदन पेस गर्ने तयारीमा छन् ।
राजनीतिक कार्यदिशालाई लिएर संस्थापन पक्ष र मसाल पक्षधरबिच मतान्तर रहेको छ । महाधिवेशनमा भाग लिन देशभरबाट साढे पाँच सय प्रतिनिधि राजधानी आउने क्रम जारी रहेको नेताहरूले बताएका छन् ।
बिहीबार शान्तिबाटीका, माइतीघरमा जम्मा भएर र्यालीसहित भूगोल पार्कमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । बन्दसत्र मंसिर २३ गतेसम्म त्रिवि हलमा हुने पङ्गेनीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण