सेयर बजार
३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार
बुधबार, १२ मङ्सिर २०८१, १५ : ३३
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ३८.८१ अंकले बढेको छ । उच्च अंकले बजार बढेपछि परिसूचक २७५५.४७ बिन्दुमा उक्लिएको हो । बुधबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४० कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
बुधबार १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । बिशाल बजार कम्पनी, कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक लगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
बुधबार कुल १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण