सेयर बजार
३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार
बुधबार, १२ मङ्सिर २०८१, १५ : ३३

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ३८.८१ अंकले बढेको छ । उच्च अंकले बजार बढेपछि परिसूचक २७५५.४७ बिन्दुमा उक्लिएको हो । बुधबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४० कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
बुधबार १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । बिशाल बजार कम्पनी, कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक लगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
बुधबार कुल १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा