पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्रीले सोधे स्पष्टीकरण
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्पष्टीकरण सोधेका छन् । मन्त्रालयमा बोलाएर उनीहरूलाई स्पष्टीकरण सोधेका हुन् ।
मंसिर ७ मा अख्तियारले जिल्ला प्रशासन कार्यालयका नासु अशोककुमार यादवलाई २० हजार घुससहित पक्राउ गरेको थियो । मन्त्री लेखकले सीडीओ कवारीलाई त्यसबारे सोधपुछ गर्दै आफ्नै कार्यालयको कर्मचारीलाई ‘अनुशासन’मा राख्न नसकेको भन्दै असन्तोष व्यक्त गरेका हुन् । लेखकले प्रशासन चुस्ता राख्न सीडीओ कवारीलाई निर्देशन दिएको गृह मन्त्रालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारीले दिएको ‘अभिव्यक्ति’बारे मन्त्री लेखकले उनलाई सचेत गरेका छन् । कार्तिक ३० मा पर्साका सीडीओ अर्यालले अस्पतालमा आगो लगाउने अभिव्यक्ति दिएका थिए । मन्त्री लेखकले अर्याललाई त्यस्तो अभिव्यक्ति नदिन सचेत गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण