विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला
काठमाडौँ । विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला परेका छन् । मोरङ, रुपन्देही, सप्तरी लगायतका जिल्लामा ५ जना मृत अवस्थामा फेला परेका हुन् । प्रहरीको दैनिक बुलेटिनका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोबिने बजार बस्ने ३५ वर्षीय रमेश भन्ने इन्द्रबहादुर सार्की आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । सार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कस्थित नागरिक प्लाजा होटलमा बुधबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बाग्लुङ गलकोट नगरपालिका–११ घर भएका ३३ वर्षीय श्याम सिंजाली मृत अवस्थामा फेला परेका हुन् । उता सप्तरीको खडक नगरपालिका–४ बस्ने ७५ वर्षीया सुनरी खातुन सोही ठाउँस्थित तरकारी बारीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–२ नाङलोस्थित खाली चौरमा अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । उनको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । त्यस्तै इलामको माङसेबुङ गाउँपालिका–४ चुच्चेटार बस्ने ८२ वर्षीय बसन्तकुमार राई सोही ठाउँस्थित भिरमा मृत अवस्थामा फेला परेका छन् । राई बुधबार मृत फेला परेका हुन् ।
उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण