विद्युत् महसुल विवाद
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
बुधबार, १२ मङ्सिर २०८१, १९ : ५३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्राचार गरे पनि राष्ट्र बैंकले औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएको छ ।
बुधबार साँझ प्राधिकरणले खाता रोक्का गर्न राष्ट्र बैंक, सेयर जारी रोक्न धितोपत्र बोर्ड र कम्पनीको सेयर स्वामित्व हस्तान्तरण रोक्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको थियो । प्राधिकरणले यसको जानकारी नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि गराएको छ । तर राष्ट्र बैंकमा औपचारिक जानकारी नभएको प्रवक्ता रामु पौडेलले जानकारी दिए ।
उनले भने, ‘कार्यालय समयपछि पत्राचार भएर हुनसक्छ, औपचारिक जानकारी पाइएको छैन । यसबारे निर्णय के हुन्छ अहिले भन्न सकिँदैन ।’ प्रवक्ताबाहेक राष्ट्र बैंकका अन्य दुई अधिकारीले पनि औपचारिक जानकारी नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण