विद्युत् महसुल विवाद
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
बुधबार, १२ मङ्सिर २०८१, १९ : ५३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्राचार गरे पनि राष्ट्र बैंकले औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएको छ ।
बुधबार साँझ प्राधिकरणले खाता रोक्का गर्न राष्ट्र बैंक, सेयर जारी रोक्न धितोपत्र बोर्ड र कम्पनीको सेयर स्वामित्व हस्तान्तरण रोक्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको थियो । प्राधिकरणले यसको जानकारी नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि गराएको छ । तर राष्ट्र बैंकमा औपचारिक जानकारी नभएको प्रवक्ता रामु पौडेलले जानकारी दिए ।
उनले भने, ‘कार्यालय समयपछि पत्राचार भएर हुनसक्छ, औपचारिक जानकारी पाइएको छैन । यसबारे निर्णय के हुन्छ अहिले भन्न सकिँदैन ।’ प्रवक्ताबाहेक राष्ट्र बैंकका अन्य दुई अधिकारीले पनि औपचारिक जानकारी नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा
-
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी