सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
वासिङटन डीसी । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार र सेवा निवृत्त लेफ्टिनेन्ट जनरल किथ केलोगलाई रुस–युक्रेन मामिलाका लागि विशेष दूत नियुक्त गर्ने घोषणा गरेका छन् । युक्रेनमा युद्ध अन्त्य गर्न वार्तामा केलोगले मुख्य भूमिका खेल्ने सम्भावना छ । ट्रम्पले पदभार सम्हालेकै दिनमै रुस–युक्रेनबिच जारी युद्ध अन्त्य गर्ने कसम खाएका थिए ।
यद्यपि, आफूले यो युद्ध कसरी रोक्छु भन्ने विषयमा उनले थप जानकारी भने दिएका छैनन् । युद्ध अन्त्य गर्न रुस र युक्रेन कडा वार्ता गर्नुपर्छ भन्ने विचारका केलोग समर्थक थिए । केलोग अमेरिका फर्स्ट पोलिसी इन्स्टिच्युट, ट्रम्प समर्थक थिंक ट्याङ्कद्वारा प्रकाशित एक शोध पत्रका सह–लेखक पनि थिए । उनले युद्ध समाप्त गर्नका लागि केही सुझावहरू प्रस्ताव गरेका थिए ।
यस महिनाको सुरुमा, फक्स न्युजसँगको अन्तरवार्तामा केलोगले विशेष गरी ट्रम्पको दोस्रो कार्यकालमा सबैभन्दा ठुलो चुनौती युद्ध अन्त्य गर्नु हुने बताएका थिए । युक्रेनलाई र रुससँग शान्ति वातामा सामेल हुन दबाब दिने र त्यस अवस्थामा किभलाई अमेरिकी सहयोग दिने भन्ने केलोगको प्रस्ताव थियो । रुस शान्ति वार्तामा सामेल भएन भने वाशिंगटनले किभलाई दिइने सहायता अरू बढाउनु पर्ने उनको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण